बराहक्षेत्र: आयोजक एभरेस्ट फुटबल क्लब (बि) दोस्रो बराहक्षेत्र मेयर कपको उपाधि जित्न सफल भएको छ ।

शनिबार बराहक्षेत्र ३, नडाहास्थित खेल मैदानमा आयोजित फाइनलमा ए डिभिजन खेलाडीले भरिएको आयोजक ए लाई सडन डेथमा हराउदै आयोजक बिले उपाधि जितेको हो । आयोजक बि ले सडन डेथमा ए टिमलाई ७-६ गोलले पराजित गर्यो । निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरी गोल भएपछि खेलको छिनोफानो सडन डेथबाट भएको हो ।

आयोजक बि स्थानीय खेलाडीले नगद १ लाख २५ हजार सहित ट्रफी पाए भने एडिभिजन ले भरिएको आयोजक ए ले दोस्रो रासी ७५ हजार सहित ट्रफी हात पार्यो । फाइनल खेलको म्यान अफ दि म्याच ए टिमका हेमन्त थापा मगर घोषित भए । उनले नगद ५ हजारसहित ट्रफि पाए । यस्तै, प्रतियोगिताको बेस्ट गोलरक्षक आयोजक बि का दिवस चौधरी, बेस्ट डेफेन्ट बि कै आशिष लिम्बु, बेस्ट मिल्ड फिल्ड आयोजक ए का रोशन भुजेल, बेस्ट स्ट्राइकर आयोजक बिका विशाल मग्राती घोषित भए ।

उनीहरुले जनही ५ (५ हजार पाए भने हाइस्कोरर आयोजक ए का गिल्सन कन्दङ्वाले ७ हजार पाए । राइजिङ प्लयर आयोजक बि का युवाराज श्रेष्ठले ५ हजार हात पारे भने म्यान अफ सिरिङ आयोजक ए का क्याप्टेन निशान लिम्बुले १० हजार सहित मेडल पाए । खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष मधुसुदन भटराई, बराहक्षेत्रका मेयर निलम खनाललगायतले पुरस्कार विरतण गरेका थिए ।