मकाउ: मकाउमा दोश्रो “एभरेष्ट हाइकिङ” मकाउको-ताईपास्थित पाण्डा पार्क नजिकैको पेट्रोल पम्प गेटबाट शुरु भएर हाक्सा विच पिक्निक स्पोर्टमा सम्पन्न भएको छ ।

महामहिम राजदूत कमल प्रसाद भट्टराई, पुर्व गैरआवसीय नेपाली संघका अध्यक्ष सुदर्शन थापामगर र गैरआबसीय नेपाली संघका अध्यक्ष शान्तिदेवी अधिकारीको नेतृत्वमा एभरेष्ट हाइकिङ ”भिजिट नेपाल २०२०“ सफल पार्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । कार्यक्रम नेपाली महावाणिज्य दुतावास हङकङ/मकाउ साथै गैरआवसीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा मकाउमा कार्यरत सयौको संख्यामा सहभागी भएका थिए । भिजिट नेपाल २०२० प्रचार/प्रसार स्वरुप कार्यक्रम भएको हो ।

makau6

नेपाली महावाणीज्य दुतवासका राजदुत भट्टराईले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाममा रचनात्मक कार्यक्रम आयोजना भएको चर्चा गर्दै नेपाल सरकारको पर्यटन बर्ष सन् २०२० सफल हुने विश्वास ब्यक्त गरे । सहभागीहरुप्रति उनले आभार व्यक्त गरे । गैरआबसीय नेपाली संघ मकाउका अध्यक्ष अधिकारी, पुर्वअध्यक्ष सुदर्शन थापा मगर, गैरआबसीय नेपाली संघ हङकङका अध्यक्ष टिका गुरुङ लगायतले आआफ्नो धारणा राखेका थिए । एभरेष्ट हाइकिङको लागि मकाउमा रहेको विभिन्न संघसंस्थाहरुले समेत आफ्नो उपस्थिति जनाएको थियो ।

गैरआबासीय नेपाली संघ हङकङका अध्यक्ष टिका गुरुङ, गैरआवासीय नेपाली संघ पूर्व अध्यक्ष तथा चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगर, The Fellowships Association of Overseas Workers of Macau का President Mr. Lamiear Larenzo, शेर्पा समाज मकाउका अध्यक्ष आंग गेल्जेन शेर्पा, किराया मकाउका अध्यक्ष भिम कुमार राई (किरात), नेपाली जनसम्पर्क समिति मकाउका उपाध्यक्ष चण्डी योंया, तामांङ घेदुङ्का उपाध्यक्ष कुल बहादुर तामांङ, DXN मकाउका अध्यक्ष मिलन श्रेष्ठ, गैरआबसीय नेपाली संघ मकाउका पूर्व महासचिब तथा पुर्व प्रबासी मंचका पुर्व बरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी र गैरआवसीय नेपाली संघका पूर्व कोषाध्यक्ष उद्धव कुँवर समेत थिए।

makau7

पैदल यात्रामा सहभागीहरुलाई खानपान एवं पानीको राम्रो ब्यबस्था गरिएको थियो । कार्यक्रममा “एभरेष्ट हाइकिङ” भिजिट नेपाल २०२० प्रचार/प्रसार गर्न मकाउ सरकारका सम्बन्धित निकायमा आधिकारिक जानकारी गराइएको थियो भने स्थानीय सरकारले आवश्यक एम्बुलेन्स सेवा तयारीका साथ सुरक्षा प्रबन्ध पनि व्यवस्था गरेको थियो । फोटो: प्रकाश बुढाथोकी मगर

makau makau3 makau1

makauuuu