काठमाडौं : घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती र्हेयो कि डर लाग्छ ।

६ दिन यता रातभर पानी परिरहेको छ । दिउँसो घाम लाग्छ । कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास छ ।
ठाउँठाउँमा जमिन फाटेको छ । असार ३ गते गएको पहिरोले संखुवासभाको मकालु गाउँपालिका ५ मा २८ परिवार गाउँमै थुनिएका छन् । उनीहरु ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको पेपुवाका विस्थापित मकरध्वज राईले बताए । –कान्तिपुर दैनिकबाट/तस्विरः रासस