मोरङ: प्रहरीले मोरङको बेलबारीबा आइतवार साँझ २ थान पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका ४ स्कुल डाँडाबाट पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुन्दर हरैँचा नगरपालिका १२ का ४३ बर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका ६ का ३४ बर्षीय कन्सा माझी पक्राउ परेको हो ।

साँझ ६ को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि खानतलासी लिने क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार पेस्तोल २ थान, सोही पेस्तोलको म्याग्जिन ४ थान र गोली १४ राउण्ड फेला परेको छ । हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । तस्बिर स्रोत: गुगल