मोरङ: बुढिगंगा गाउँपालिका १ मा ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान पौने ११ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ४ ख १९०५ नम्बरको ट्याङकरले बिपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा एकको ज्यान गएको हो । ट्यांकरको ठक्करबाट को ३६ प ३०५९ नम्बरको मोटरसाईकल चालक ईटहरी उपमहानगरपालिका ४ का २८ बर्षीय संजिव पौडेल गम्भीर घाईते भएका थिए ।

घाईतेलाई तत्काल उपचारको लागि बिराट मेडिकल कलेज पठाएकोमा उपचारकै क्रममा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने मोटरसाईकल, ट्याङकर र चालक समेत ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।