काठमाण्डौ : साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

मेटाक्सासले अदालतमा ५ मबिहला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन् । अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ ।

मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए । प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो । उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन् । –कान्तिपुर दैनिकबाट