इटहरी : इटहरीमा विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।

इटहरीउपमहानगरले आयोजना गरेको प्रतियोगिताको उपमेयर लक्ष्मी गौतमले उद्घाटन गरिन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर गौतमले विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता इटहरीमै पहिलो भएको दावी गरिन् । उनले इटहरीमा महिला खेलाडी उत्पादन गर्न उपमहानगरले यस खाले प्रतियोगिता जारी राख्ने बताइन् ।

प्रतियोगितामा इटहरीका १० वटा विद्यालयको सहभागिता छ । पर्सि सम्म चल्ने प्रतियोगिताको प्रथमलाई ६० हजार, दोश्रोलाई ३५ हजार, तेश्रो र सान्त्वना टिमलाई १०,१० हजार पुरस्कार प्रदान गरिने छ ।

0 4