जनकपुरधाम : प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा रहेको कन्या माविका ११४ जना छात्रालाई साइकल वितरण गरेका छन् ।

बिहीबार जनकपुरधाममा आयोजित साइकल वितरण कार्यक्रममा उनले छोरीहरुलाई शिक्षातर्फ आकर्षित गर्ने उद्देश्यले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत् आफूले साइकल वितरण गरेको बताए ।

अब टाढा–टाढाबाट पनि छात्राहरु विद्यालय आउने विश्वास उनले व्यक्त गरे ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत् शिक्षा बिमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपंक्तिमा राख्ने सोच लिएको बताए ।