झापा : झापाको गौरादह नगरपालिका २ घर भएका सुमन माझीले केहिवर्ष अघि एउटा चलचित्र हेरे । उनले हेरेको चलचित्रको नाम थियो आईरन म्यान । उक्त चलचित्रमा त्यो आईरन म्यानले धेरैको ज्यान बचाएको र धेरैलाई राम्रो काम गरेको देखे ।

उनले त्यो चलचित्र हेरेर फर्किएको रात उनलाई निन्द्रै परेन । उनी रातभर सोच्न थाले । अनि उनी यो निश्कर्षमा पुगे कि, “अब म पनि आईरन म्यान बनाउँछु” । उनले बनाउँछु भन्ने सोच त बनाए तर कसरी सुरु गर्ने भन्ने बिषयले उनलाई फेरी पीरोल्न थाल्यो । गौरादह घर भएका सुमन दमकमा रहेको एक सहकारीमा काम गर्छन । उनी दैनीक दमक आउने जाने गरिरहन्छन् । यहि क्रममा उनको भेट भयो दमकका अर्का युवा मोहम्मद साहिद खानसँग । सुमनले खानलाई आफ्नो योजना सुनाए । खानलेपनि सुमनको कुरालाई निक्कै गम्भिर भएर सोचे अनि मिलेर गरौं न त भन्ने जवाफ फर्काए ।

1 20

त्यसपछि उनीहरुले यसलाई एउटा प्रोजेक्टको नाम दिए, “आईरन म्यान” । त्यसपछि यि दुबै युवा यसका लागि आवस्यक सर–सामान जुटाउन थाले । काम थालेको ६ महिना बितिसक्यो । बल्ल उनीहरुले आईरन म्यान निर्माणको काम ५० प्रतिशत सम्पन्न गरेका छन् ।

नाम फलामको मान्छे भएपनि यो मान्छे भने हाईन, मान्छेको सुरक्षा कवच हो । यो आईरन म्यान बिशेष गरेर प्रहरी प्रशासनलाई लक्षित गरि निर्माण थालिएको निर्माणमा खटिरहेका सुमनले सुनाए । देशमा हुने हिंशा अनि झडपमा यो सुरक्षा कवच प्रहरीका लागि भने निक्कै उपयोगी हुने माझीले बताए । उनीहरुले आफ्नै लगानीमा यो सुरक्षा कवच निर्माण थालेको ६ महिना बितिसक्यो । यसलाई पूर्णता दिन अझै केहि महिना लाग्ने सुमनको भनाइ छ । यो कार्यमा राज्यका तर्फबाट हौशला र सहयोग पाए अझै काम गर्न प्रेरणा मिल्ने सुमनले बताए ।

उनीहरुले यो आईरन म्यान नेपालमै पहिलो पटक निर्माण भईरहेको दावी गरे । युवासँग जोश छ जाँगर छ तर सरकार बोल्छ मात्रै काम आफुपनि गर्दैन अनि अरुलाई गर्ने वातावरण पनि बनाउदैन, सुमनले भने । यो निर्माण कार्यमा निक्कै चुनौती रहेपनि आफुहरु नथाक्ने र निर्माण गरेरै छाड्ने निर्माणकर्ताद्धयको अठोट छ ।

3 8

2 16