धरान: भोली असार १४ गते शनिबार धरानमा पुर्वमिस नेपाल सुगरिका केसी आउदैछिन् ।

उनी धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा व्यक्तित्व विकास सम्बन्धि तालिमको लागि आउने भएकी हुन् । धरान ९, बगैंचा चौकस्थित समिट सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा एसईई सकेर उच्च अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई एसईई पछिको जीवनमा आवश्यक पर्ने स्मार्टनेसको जानकारी गराउने उद्देश्यले सेमीनार आयोजना गरिएको समिटका प्रिन्सिपल रमेश दाहालले जानकारी गराए ।

शनिबार विहान ११ बजेबाट सुरू हुने समिनारमा 'लर्न टु बि स्मार्ट विफोर कलेज स्टार्ट'(कलेज सुरू हुनु भन्दा अगाडि स्मार्ट हुन सिक्नुहोस) भन्ने उद्देश्यका साथ सेमिनार हुने भएको छ । कार्यक्रम इनिसिएटिभ फर डिभेलपमेन्ट, एक्सिलेन्स एण्ड अचिभमेन्ट (आइडिया) संस्थाको सहकार्यमा हुन लागेको हो । सेमिनारमा सहभागी हुनका लागी कुनै पनि शुल्क लाग्ने छैन ।