झापा : तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तकालीन महासचिव तथा जननेता मदन भण्डारीको आज ६८ औं जन्मदिन । आज नेपाल कम्युनिष्ट पार्र्टीले विभिन्न कार्यक्रम गरी मदन जन्म जयन्ती मनाउदैछन् । मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर कम्युनिष्टहरु निरंकुश होइन, लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिवद्ध छन् भन्ने प्रमाणित गरिदिए । उनले प्रतिपादन गरेको सिद्धान्तकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सफल भयो । मुलुकमा कम्युनिष्ट सरकार बन्ने अवस्था सृजना भयो ।

कम्युनिष्ट सिद्धान्त तथा आफूले प्रतिपादन गरेको जबज देशबासीलाई बुझाउने उदेश्यले देशव्यापी दौदाहा गरिहेकै बेला एमालेका तत्कालीन महासचिव मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अकल्पनीय र रहस्य रुपमा निधन भयो । उनीहरु पोखराको कार्यक्रम सकेर भरतपुरको जनसभालाई सम्बोधन गर्न नारायणगढतर्फ जाने क्रममा दास ढुंगामा दुर्घटनामा परे । जुन दुर्घटना अझै रहस्यमय बनिरहेको छ । दासढुंगा दुर्घटनापछि मलुकले मदन आश्रितलाई गुमायो तर उनले प्रतिवादन गरेको सिद्धान्त राजनीतिमा भने झन् अपरिहार्य बन्दै गएको छ ।