झापा: झापामा आज बिहान एक मृत हात्ती फेला परेको छ । झापाको दक्षिणी क्षेत्रमा रहेको हल्दिबारी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको रणकाली सामुदायिक वनमा आज बिहान सो हात्ती मृत अवस्थामा भेटिएको हो ।

जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले दिएको जानकारी अनुसार उक्त हात्ती करेण्ट लागेर मरेको हो । सो सामुदायिक वनको उत्तरी बस्तीमा हात्तीबाट जोगिनका लागि स्थानीयवासीले विद्युतीय तारबार लगाएका थिए । वन कार्यालय झापाका सहायक वन अधिकृत जिवन पाठकले मृत हात्ती करिब साढे २ बर्षको थियो ।

elephantt