धरान:विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडि/एमएसको सिटमा विदेशी विद्यार्थीलाई बढी ग्राहयता दिएको भन्दै आन्दोलनरत जनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आन्दोलनप्रति अनेरास्ववियु, सुनसरी र अखिल क्रान्तिकारी सुनसरीले ऐक्यवद्धता जनाएको छ ।

दुवै संगठनले शनिबार संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै सोसाइटीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो । अनेरास्ववियुका सहसचिव मोनालिसा श्रेष्ठ र अखिल क्रान्तिकारीका अध्यक्ष बुद्रोस लिम्बूले जारी गरेको विज्ञप्तीमा आन्दोलनर सोसाइटीको मागलाई वेवास्ता गरेर प्रशासनले पेलेर जान खोजेको भन्दै नेपाली विद्यार्थीको अधिकारमाथि खेलवाड नगर्न पनि माग गरेका छन् । माग पुरा नगरे उत्पन्न हुने परिणामको जिम्मेवारी प्रतिष्ठान प्रशासनले लिनुपर्ने पनि विज्ञप्तीमा चेतावनी दिइएको छ ।

press-realese

प्रतिष्ठानले गएको शनिबार एमडि/एमएसको प्रवेश परीक्षा लिएको थियो । उक्त परीक्षाको रिजल्ट पनि प्रकाशित भइसकेको छ । कुल १२४ सिटको एमडि/एमएस कोटामध्ये प्रतिष्ठानले २६ वटा कोटा विदेशी विद्यार्थीहरुलाई छुट्याएको छ । जुनियर रेसिडेन्टहरुले भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत हरेक बिषयमा एक तिहाई भन्दा बढी कोटा छुट्याएको भन्दै विरोध जनाएको थियो । उनीहरुले बिहिबार प्रतिष्ठानको उपकुलपति र रेक्टरको कार्यालय प्रवेश गर्ने मुलगेटमा नै तालाबन्दी गरेर धर्नामा बसेका छन् ।