धरान : आज असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा धरान ६ पानवारीमा वृहत धरान रोपाई महोत्सव आयोजना हुदैछ ।

स्थानीय सहभागी कृषि सहकारी संस्था लिमिटेड धरान ६, पानवारीको आयोजनामा पाँचौ धरान रोपाई महोत्सव आयोजना हुन लागेको हो । कृषि पर्यटनको विकास तथा सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले यो सहकारीले विगत ४ बर्षअघिदेखि वृहत रुपमा असार १५ मा सामुहिक धान रोपाई आयोजना गर्दै आएको छ । नेपालका पहाडी क्षेत्रमा वेठी लगाउने तथा सामुहिक धान रोप्ने चलन हराउदै गएकोले त्यो सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको सह आयोजक धरान उपमहानगरपालिका वडा नं ६ कार्यालय रहेको छ भने विभिन्न संघसंस्थाहरु पनि सहभागीता जनाउनेछन् । धरान ६, स्थित देवीथान मार्गमा सामुहिक धान रोपाइ हुदै आएको छ । आजको दिन धरान बजारबाट विभिन्न विद्यालय, मन्टेश्वरीका विद्यार्थीहरुलाई पनि यो रोपाई महोत्सवमा लगेर हिलो खेलाउने गरिन्छ ।

तस्बिर : गत बर्षको रोपाई महोत्सवको फोटोहरु ।

17 1

16