पथरी: डास खोलावाट पीडित पथरीशनिश्चरे १० त्रिवेणी चौकका बासिन्दाले डास खोलामा तटवन्धन बन्ने भएपछि राहात पाउने आशा राखेका छन् ।

आइतवार तटवन्धको शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य कृष्ण कुमारी राई, संविधान सभा सदस्य चण्डी प्रसाद राई,नेकपाकी नेतृ गिता तिम्सीना लगायतले सिलान्यास गरेका ह्ुन् । करिव १५० घर परिवार वसोवास गर्दै आएको सो स्थानका स्थानियवासी खोलामा तटवन्धन भएपछि राहात पाउने आशामा रहेका छन् । उर्जा जलश्रोत तथा सिचाइ विभागले नयाँ प्रविधीमा आधारीत नदि नियन्त्रण आयोजना अन्तरगत सो तटवन्धन कार्य गरिनेको उपभोक्ता समितीका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

१सय २० मिटर लम्वाइमा वाध सहित तटवन्धन हुने छ भने ३ मिटर लजिङ्ग र ३ मिटर स्लोभसहित खोलालाई नियन्त्रण गरिने स्थानिय अगुवा प्रेम ढकालले जानकारी दिए । सोही कार्यक्रममा वोल्दै नेतृ तिम्सिनाले खोला नियन्त्रणका लागी पहल गरेको र सम्वन्धित निकायवाट रकम प्राप्त भएकाले गाँउ वासीका लागी खोला नियन्त्रणले राहात मिल्ने उनले वताइन् ।