धरान : धरान-९, बगैंचा चौक स्थित समिट सेकेन्डरी र्बोडिङ स्कुलको आयोजनामा शनिबार एसइइ पश्चात आवश्यक पर्ने स्मार्टनेसका बारेमा सेमिनार सम्पन्न गरेको छ । सेमिनारलाई पूर्व मिस नेपाल सुगारीका केसीले सहजीकरण गरेकी थिइन ।

केसीले आफ्नो जिवनको भोगाइहरूबाट आफ्नो सेसन सुरू गरेकी थिइन । उनले भविष्यको आफ्नो सपनालाई सधै अगाडि राख्न सके हरेक क्षेत्रमा सफल हुने जानकारी गराइन । एसइइ पश्चातको उच्च अध्ययनका लागी आफुलाई मनपर्ने विषय रोज्न सके शिक्षामा समेत सफलता पाउन सकिने बताइन । “विज्ञान पढ्दैमा सफल भइने, मानविकी पढ्दैमा सफल नहुने जस्ता भ्रमको पछाडी नलागी जुनै विषय रोजे पनि मेहनत नगरे सफलता मिल्दैन । संसारमा कुनै पनि काम सानो वा ठुलो हुँदैन । हरेक कामलाई मेहनेतका साथ गरे सफलता जुनै पनि कामबाट मिल्ने” केसीले बताइन । उच्च शिक्षाका लागी भविष्यमा कुन क्षेत्रमा अगाडि बढ्ने त्यसै अनुसार विषय छनौट गर्न, भविष्यको लक्ष्य र कामको लागी सधै मेहनत गर्न सके स्मार्ट बन्न सकिने उनले बताइन ।

दिउँसो १ बजेबाट सुरू भएको सेमिनारमा धरानको विभिन्न विधालय तथा इन्सटिच्युटबाट करीब ३ सय विधार्थीहरू सहभागी भएका थिए । समिट सेकेन्डरी र्बोडिङ स्कुलका अध्यक्ष चन्द्रदत्त पौडेल सभाध्यक्षतामा सेमिनार सम्पन्न भएको थियो । कार्यक्रममा समिट स्कुलका प्रिन्सिपल रमेश दाहाल, प्रा.डा.भोला पोख्रेल, शिक्षा सन्देश स्कुलका प्रिन्सिपल ऋषिराज आर्चाय, उज्जवल तारा एकेडमीका प्रिन्सिपल विदुर महत, सत्य शिशु निकेतनका भाइस प्रिन्सिपल विजय अछामी, ज्ञानोदय स्कुलका शिक्षक तथा प्रोमोटर डिबी श्रेष्ठ, टप युनिर्भसनल एकेडमीका अध्यक्ष प्रकाश लकान्द्री लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम इनिसिएटिभ फर डिभेलपमेन्ट, एक्सिलेन्स एण्ड अचिभमेन्ट ९आइडिया० संस्थाको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई समिट स्कुलका भाइस प्रिन्सिपल तुलसीराम गड्तौलाले संचालन गरका थिए ।