इटहरी : उद्योग बाणिज्य संघ इटहरीको अध्यक्ष पदको मतगणना जारी रहेको छ ।

अहिले ६ बजेर ३० मिनेटको अन्तिम मतपरिणाम अनुसार भीम पौडेल दोब्बर मतले अगाडि रहेका छन् ।पौडेलको १४२९ मत रहेको छ भने शैलेश विष्टको ७५०त रहेको छ । मतगणना जारी रहेको छ ।

यसैगरी उद्योग बाणिज्य संघ इटहरीको बस्तुगततर्फ भीम पौडेल समूहका बलराम भण्डारीले ९ मत प्राप्त गरी बिजयी भएका छन् । १ मत बदर हुँदा महेन्द्र रेग्मीले ८ मत प्राप्त गरे भने शैलेस बिष्ट समूहका उमानाथ दाहालले ८ मत प्राप्त गरे । रेग्मी र दाहालमध्ये गोलाप्रथा हुने बुझिएको छ । त्यस्तै, बिष्ट समूहका सुरेश कार्कीले ७ मत प्राप्त गरे ।