धरान : नेवार एकता समाज धरान १७ को अध्यक्षमा पुनः देव प्रसाद श्रेष्ठ सर्वसम्मत् नर्वा्चित भएको छ ।

शनिबार उदय सामुदायिक वनमा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्ष देव श्रेष्ठ सहित १० जना सर्वसम्मत् निर्वा्चित भएको हो । उपाध्यक्षमा जगत कुमार श्रेष्ठ, सचिव शुष्मा शाक्य, सह सचिव सुनिता प्रधान र सदस्यहरुमा गंगा श्रेष्ठ, नरेश श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, इन्दिरा श्रेष्ठ, कृष्ण श्रेष्ठ चयन भएको छ । तथा पदस्थापन कार्यक्रम सम्पन्न भयो । शनिबार उदय सामुदायिक वन उपभोक्ता समितिको सम्पन्न अधिवेशनमा १७ नं. वडाका नेवार समुदायका जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । नेवार समुदायको संस्कृतिको संरक्षण र विकासको लागि नेवार एकता समाज कार्यरत भएता पनि अन्य जातीहरु सँग पनि सद्भावका साथ सहकार्य गर्दै काम गरिरहेको अध्यक्ष देव प्रसाद श्रेष्ठले बताए ।

नेवार जातीको गरिमा र योगदान नेपाल निर्माणमा जति महत्वपूर्ण छ त्यति नै धरानको निर्माण र विकासमा नेवार जाती समुदायको योगदान रहेको जानकारी गराउदै धरानको विकासमा आफुहरु अझबढी सकृयतापुर्वक लाग्ने नेवार एकता समाज धरानका अध्यक्ष विशाल श्रेष्ठले उद्घोष गरे । नेवार एकता समाजको धरानका नेवारहरुको साँझा घर भएकाले सवै नेवारहरुलाई यस संस्थामा आवद्ध हुन आवहान गर्दै हरेक जाती, समूह संस्था सँग सहकार्य गरेर एक आपसमा सद्भाव राख्दै काम गर्न आफुहरु ईच्छुक रहेको नेवार एकता समाज धरानका संस्थापक अध्यक्ष राजेशमान् श्रेष्ठले जोड दिए ।

कार्यक्रममा धरान १७ नं. वडाका वडाध्यक्ष मनोज भट्राई, उदय वनउपभोक्ता समितिका अध्यक्ष जसकुमार राई, धरान १७ आमा समुहकी अध्यक्ष आराध्य राई लगायतले नेवार एकता समाज धरान १७ ले गरेका कामको प्रशंसा गर्दै आफुहरुले गर्ने काममा नेवार एकता समजको सहयोग अपरिहार्य रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा अतिथको रुपमा सुन्दर श्रेष्ठ, राम प्रसाद श्रेष्ठ, लगायत नेवार एकता समाजका विभिन्न वडाका अध्यक्ष एवं नगरका कार्यसमितिका पदाधिकारीहरु रहनु भएको थियो । वडाका कार्यक्रमलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान् गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा १७ नं. वडाका नेवार समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।