इटहरी : उद्योग बाणिज्य संघ इटहरीमा भीम पौडेल विजयी भएका छन् ।

शनिबार इटहरीको जनता बहुमुखी क्याम्पसमा भएको निर्वाचनको मतपरिणाम आज केही समय अगाडि घोषणा भएको हो । इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा मतगणना भएको थियो ।

पौडेलले २९०४ मत प्राप्त गरी विजयी भए भने शैलेस बिष्टले १७७८ मत प्राप्त गरे । पौडेलले बिष्टलाई फराकिलो (११२६) मतअन्तरले पराजित गर्दै विजयी भएसँगै यतिबेला इटहरी नगरपालिका परिसरमा व्यापारीहरुको भीँड रहेको छ । त्यस्तै, पौडेल समूहकै महिलातर्फ गायत्री भण्डारीले १४१७ र सबिना कोइरालाले १३३४ मत प्राप्त गरी विजयी हुँदा विष्ट समूहका रन्जु सिग्देलले ९८० र पुनम थापा मगरले ८२३ मत प्राप्त गरिन् ।

bhim-poudel

त्यस्तै, पौडेल समूहको बाणिज्यतर्फ विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा (काका) २४९७, जीवन पराजुली २४६३, पीताम्बर पोखरेल २२९६, नवराज काफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२,अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी हुँदा बिष्ट समूहका कमल पौडेल – १७४६, टंकप्रसाद खनाल – १६८९, देवराज मादेन – १६६९, माधव न्यौपाने– १५२१, फडिन्द्र मगर – १५१५, लक्ष्मी धिताल १५०३, रितेश श्रेष्ठ – १४०६, भोलाप्रसाद निरौला – १३७२, राजेश खनाल – १३४४ मत प्राप्त गरे ।

bhim

त्यस्तै, उद्योगतर्फ, पौडेल समूहका दिवश पोखरेल – ३५७, मुक्ती दहाल – २९९, बिष्णु नारायण डागीँ– ३०५, लक्ष्मण हुमागाइ – ३०५ मत प्राप्त गरी बिजयी हुँदा विष्ट समूहका राजेन्द्र केशरी घिमिरे – २५५, राजन भेटवाल – २३२, बज्र लिम्बु – २२४, किशन खेडिया – १९३ मत प्राप्त गरे । बस्तुगततर्फ पौडेल समूहका बलराम भण्डारीले ९ मत प्राप्त गरी बिजयी भए । १ मत बदर हुँदा महेन्द्र रेग्मीले ८ मत प्राप्त गरे भने शैलेस बिष्ट समूहका उमानाथ दाहालले ८ मत प्राप्त गरे । रेग्मी र दाहालबीच गोलाप्रथा हुने तयारी गरिएको छ । त्यस्तै, बिष्ट समूहका सुरेश कार्कीले ७ मत प्राप्त गरे ।