धरान: सुनसरी उद्योग वाणिज्य संघको आज बसेको बैठकले कार्यसमितिको पदाधिकारी मनोनयन गरेको छ ।

बैठकमा अध्यक्ष गिरीधारी सापकोटाले विधान वमोजिम पदाधिकारी मनोनयन गरेका हुन् । संघको विधानमा कार्यसमितिको पदको जिम्मेवारी अध्यक्षले तोक्ने प्रावधान छ । सोही अनुसार प्रथम उपाध्यक्षको जिम्मेवारी शिवराज श्रेष्ठले पाएका छन् भने द्धितिय उपाध्यक्षको जिम्मेवारी अनिल अग्रवालले पाएको कार्यसमिति सदस्य विष्णु वरालले जानकारी दिए ।

यस्तै, संघको महासचिवमा राजेश अग्रवाल र कोषाध्यक्षमा गोपाल श्रेष्ठले जिम्मेवारी पाएका छन् । वाणिज्य सचिवमा सीताराम आचार्य, उद्योग सचिवमा पियुषराज आचार्यले जिम्मेवारी पाएका छन् भने प्रचार तथा संगठन सचिवको जिम्मेवारी मानबहादुर दियालीले पाएका छन् ।
तस्बर स्रोत: विष्णु वराल