धरान : १ नं प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य कार्यलय सुनसरीको आयोजनामा धरानमा लागुऔषध दुव्र्यसनी सम्बन्धी एक दिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्ने र सचेतनाका लागी धरानका सामुदायिक विद्यालयका विद्यार्थी, किशोरकिशोरी र स्वास्थ्यकर्मीहरु आदी सरेकारवालाहरुसंग अन्तरक्रिया गरिएको स्वास्थ्य कार्यालय सुनसरीको निमित्त प्रमुख पुन्य प्रसाद सिग्देलले जानकारी दिए ।

1
सो कार्यक्रममा स्वास्थ्य कार्यालयको तर्फबाट हेल्थ असिष्टेण्ट रामकुमार धमलाले सहजीकरण गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानको प्रहरी निरिक्षक अशोक कुमार जवेगु, स्वास्थ्यकर्मीहरु विशाल दाहाल, रामकुमार राई, उमेश कुमार राई लगायतले लागुऔषध दुव्र्यसनी न्युनिकरणका विषयमा चर्चा गरेका थिए ।

लागुऔषधको लतमा पर्नुको कारणहरु:

१. खराव संगत र साथीको प्रेसर
२. उत्सुकता
. पारिवारीक समस्या
४. असफलता
५. अभिभावकको कमजोरीको कारण :-

  -छोराछोरीलाई वेवास्ता गर्नु । आवश्यक मात्रामा समय नदिनु ।
  -छोराछोरीलाई बढी वा कम नियन्त्रण गर्नु ।
  -अध्ययनको प्रगति र कार्यक्षमताको सुपेरीवेक्षण नगर्नु ।
६. स्वास्थ्य समस्याको उपचारको क्रममा ।
७. लागु औषधको अवैध कारोवार ।
८. अज्ञानता ।
९. वेरोजगार ।
१०. स्थानिय नागरिक समाज र प्रशासनको निस्कृयता ।