ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “२६ जनालाई जनही १ वर्ष कैद” शीर्षकको समाचार छापिएको छ । जिल्ला अदालत ताप्लेजुङले सरकारी कागजात कीर्तेसम्बन्धी ३८ थान मुद्दा आइतबार फैसला गरेको छ । कृषि विकास बैङ्क ताप्लेजुङ शाखाका तत्कालिन प्रमुख गणेश खतिवडासहित २६ जनालाई कैद र जरिवाना सुनाएको हो । जिल्ला अदालत ताप्लेजुङका न्यायधीश कृपासुर कार्कीका इजलासले सरकारी कागजात कीर्ते गरी जग्गा कारोबारमा संलग्न रहेको ठहर गर्दै एक वर्ष कैद र बिगोको २५ प्रतिशत जरिवाना फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कदारप्रसाद गौतमले बताए । अदालतले कृषि विकास बैंकका सहायक ललित राई र लेखनदास सुरेन्द्र तबेबुङलाई भने सफाई दिएको छ । श्रेस्तेदार गौतमका अनुसार २०२५ साल साउन ११ गते दर्ता भएको १८ थान तथा २०७५ कात्तिक ९ मा दर्ता भएको २० थान मुद्दामा बैंकका तत्कालिन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंकर न्यौपाने, कर्मचारी भीमप्रसाद आचार्य र पदमकुमारी नुगोलाई मुख्य दोषी ठहर गरेको छ । पदमकुमारी कर्जा प्रवाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य आरोपी हुन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सडकमै जन्मियो छोरो” शीर्षकको समाचार छापिएको छ । किनमेलका लागि भारतीय बजार जोगवनी हिडेकी एक महिलाले सडकमा सोमबार सडकमा नै बच्चा जन्माएकी छिन् । सोमबार विहान ६ बजे विराटनगर बसपार्कमा इटहरीकी सालु सरदारले छोरा जन्माएकी हुन् । सामान्यतया सुत्केरी व्यथाले च्यापेपछि महिलालाई प्रसुति गराउन अस्पताल पुर्याईन्छ । तर गर्भ रहेपछि स्वास्थ्य परीक्षण नगराएकी इटहरी ७ गैसारकी ३५ वर्षीय सालु सरदारले सुत्केरी हुँदा आवश्यक पर्ने सामग्री खरिद गर्न जोगवनी जादै गर्दा सडकमा नै छोरो जन्माइन् ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “घुस दिएको आरोपमा पक्राउ” शीर्षकको समाचार छापिएको छ । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई रु ५०० घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन् । पक्राउपर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज बिहान सवारी चालक राजवंशीले अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रगढीका प्रहरी जवान राजु राजवंशीलाई खाजा खानु भन्दै सवारी दर्ता किताबको बीचमा रु ५०० राखेर घुस दिएका थिए । ना२ख ८३६० नं ट्रक चालक राजवंशीले घुसबापत रकम दिएलगत्तै उनलाई पक्राउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

औजार : आजको औजार दैनिकमा “लुकाएको कार सहित “डन” पक्राउ” शीर्षकको समाचार छापिएको छ । मोटरसाईकलमा सवार व्यक्तिलाई आफुले चलाएको कारले ठक्कर दिदा मृत्यु भएपछि फरार भएका युवा संघ मोरङका जिल्ला सदस्य किरण लामालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती कोशी राजमार्ग स्थित विराटनगर ४ बरगाछीमा मोटरसाइकलमा सवार विराटनगर १२ का १९ वर्षीय शंकरकुमार मिश्रलाई ठक्कर दिएर फरार भएको युवा संघ मोरङका सदस्य विराटनगर ६ जनपथ टोलका ३० वर्षीय किरणलामालाई सोमबार दिँउसो विराटनगर १ पुष्पलाल चौकबाट मोरङ प्रहरीले पक्राउ गरेको हो । पावर र पैसाको पहुँचमा बस्ने शक्तिशालि समूहको साथ पाएका लामा घटनापछि दुई नि फरार भएपनि सोमबार पुष्पलाल चौकबाट रहस्यमय तरिकाले परेका हुन् ।