इटहरी :प्रत्येक साताको बिहीबार बन्द हुँदै आएको इटहरीको बजार अब शनिबार बन्द हुने भएको छ ।

व्यवसायीहरुले बिहीबार या शनिबार बजार बन्द गराउने बिषयमा अन्यौल रहेको भन्दै शनिबार उद्योग बाणिज्य संघको निर्वाचनको बेला मतदान गराएका थिए ।

उक्त मतदानमा बिहीबार र शनिबार कुन दिन बन्द गर्ने भनेर मतदान गरिएको थियो । मतदानमा शनिबार बजार बन्द हुनुपर्छ भन्ने पक्षमा २७७५ मत खसेको थियो भने बिहीबार बन्द हुनुपर्छ भन्ने पक्षमा १७३४ मात्र मत खसेको निर्वाचन अधिकृत विश्व प्रसाद रिजालले जानकारी दिए ।