धरान: दुवै मृगौला फेल भएर उपचाररत केपिलासगडी गाउँपालिका ४ बाक्सिला, खोटाङका ३६ वर्षिया राम कुमार राई (चतुरमणी राई)लाई आर्थिक सहयोग गरिएको छ ।

दुवै मृगौला फेल भएका राईको हाल नेशनल डाइलाइसिस सेन्टर, गङ्गबु काठमाडौमा उपचारथ छन् । चतुरमणी राई बचाउ अभियानले संकलन गरेको एक लाख ५ हजार ५ सय ७० रुपैया सहयोग गरेको हो । विरामी राईको मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ । उनलाई आफ्नै बहिनीले प्रत्यारोपण गर्न मृगौला दिने भएकी छिन् । तर, आर्थिक अभावको कारण प्रत्यारोपण हुन सकेको थिएन ।

बचाउ अभियान टोलीका अभियानकर्ता विरोस राईले संकलित रकम विरामीलाई हस्ताणतरण गरेका थिए । देश विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन भएको अभियान कर्ता रुबी किरॉतीले जानकारी दिइन् । त्यसैगरि, सहयोग रकम केन्द्रित गर्नलाई अभियान कर्ताको नाममा रहेको खाता नं 1610017511033 नबिल बैंक धरानमा शिवकला राईको नाममा जम्मा गरेका थिए ।