पथरी: मोरङ्गको पथरीशनिश्चरे ५ नम्वर वडाले भौतिक विकासमा छुट्याइएको रकम खर्च गरेको जनाएको छ ।

वडा कार्यालयले वुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष जोगबहादुर धिमालले भौतिक विकास तर्फ छुट्याइएको ६७ लाख ५० हजार रकम विकास निर्माणमै खर्च गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा पुजिगततर्फ ७५ लाख रकम विनियोजन भएको र त्यस मध्ये ७ लाख ५०हजार लक्षित समुहतर्फ खर्च गरिएको पनि उनले बताए । चालु खर्च ६ लाखमध्ये कार्यालय सञ्चालनतर्फ ५ लाख र आर्थिक सहयोगतर्फ १ लाख छुट्याइएकोमा सो कार्यालय सन्चालन तर्फ ३ लाख ५१ हजार मात्र खर्च भएको कार्यावहाक वडा सचिव अर्जुन भण्डारीले जानकारी दिए । उनले ९९ हजार रुपयाँ वडावासीलाई आर्थिक सहयोग गरिएको पनि बताए ।

त्यस्तै लक्षीत वर्ग महिला विकास कार्यक्रम,वालवालिका विकास कार्यक्रम,आदिवासी जनजाती कार्यक्रम,जेष्ठ नागरीक कार्यक्रम,अपाङ्गता कार्यक्रम दलित कार्यक्रम र जनता सुसुचित कार्यक्रमका लागी ७ लाख ५० हजार खर्च भएको भण्डारीेले जानकारी दिए । विकास निर्माणतर्र्फ यसवर्ष ११ वटा बाटो स्तरोन्नतिसहित ग्राभेल गरिएको छ भने २ वटा पक्की पुल र २ वटा कल्र्भट निर्माण गरिएको छ । त्यस्तै सिचाइका लागि पैनी निर्माण तथा मर्मत समेत गरिएको वडा अध्यक्ष धिमालले जानकारी दिए । वडाले १६ लाख १४ हजार ९ सय रुपयाँ विभिन्न शिर्षकवाट आम्दानी गरेको समेत जानकारी दिइयो ।