धरान : केआईएफ कुरोदय मार्शल आर्टस संघ सुनसरी शाखाको आयोजनामा ७ दिने आत्मरक्षा तालिम विहिबार देखि ईटहरी रंगशालामा सुरू भएको छ ।

महिलामा अत्मबल बढाईराख्नका निम्ति र देशमा भईरहेका हिंसात्मक गतिविधिको न्युनिकरण गर्नको लागि कुरोदयको मुख्य उद्देश्य रहेको संघको सुनसरी शाखा संयोजक मनिसा विश्वकर्माले बताईन् । तालिममा प्रशिक्षक असोक सुब्बा लगायतले प्रशिक्षण गराईरहेका छन् । तालिममा आत्मरक्षाका लागि ७ दिनमा ३३ ओटा टेक्निक सिकाउने प्रशिक्षक सुब्बाले जानकारी दिए ।

तालिममा ईटहरी, धरान, दुहबी, तरहरा, ईनरूवा, झुम्का गरी सुनसरीभरीबाट १५ वर्ष उमेर समूहदेखि ४० वर्ष उमेर समूहका ५० जनाको सहभागीता रहेको छ ।