भुटाहा : सुनसरीको हरिनगर गाउँपालिकामा गर्मी बढेपछि घामबाट जोगिनका लागि छाता वितरण गरिएको छ ।

बसन्तपुरमा नेपाल वेलफेयर सोसाईटीले हरिनगर गाउँपालिका ५ नम्बर वडा कार्यालयको सहयोगमा ३५ वटा छाता वितरण गरेको हो । सीमावर्ती बसन्तपुर सिशुवामा गर्मीबाट जोगिनका लागि भन्दै एक कार्यक्रमकाबीच ३५ परिवारका ३५ जनालाई छाता वितरण गरेको नेपाल वेलफेयर सोसाईटी हरिनगरले छाता वितरण गरेको आयोजक संस्थाका अध्यक्ष मोजेमिल अहमदले जानकारी दिए ।

गाउँका सरोकारवालाहरुले गर्मी पनि विपत भएकाले त्यसलाई मध्यनजर गरि छाता वितरण गरेको अहमदले बताए । गाउँमा विपद न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरि विपदको विषयमा प्रशिक्षण समेत दिदै ३५ परिवारका ३५ जनालाई छाता वितरण गरेको नेपाल वेलफेयर सोसाईटी हरिनगरले जानकारी दिए ।

छाता वितरण कार्यक्रममा संस्थाका सल्लाहकार हाजी इद्रिस अंसारी, पत्रकार नसिम अंसारी, इनाम सिद्धिकि, खुर्सद अंसारी, वडा सदस्य अदाबुल अंसारी, सुखियादेवी पासवान, बदुल अंसारी, सत्यनारायण यादव, सबन्तपुर प्रहरी चौकीका असोककुमार साह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष मोजोमिल अहमदको अध्यक्षता र वडा अध्यक्ष सबिव अन्सारीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । छाता वितरण तथा विपद न्युनिकरण कार्यक्रममा गाउँका अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीयबासी समेतको उपस्थिती रहेको थियो ।