धरान: मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता अन्तर्गत धरानमा जारी क्षेत्र २ को फुटबल प्रतियोगितामा सुनसरी र धनकुटा विजयी भएको छ ।

बिहीबार धरान–१६ स्थित प्रस्तावित प्रादेशिक रंगशलामा भएको पहिलो खेलमा सुनसरीको धरान फुटबल क्लवले संखुवासभाको मिरमिरे युथ क्लवलाई ३–० गोल अन्तरले हराउदै महत्वपुर्ण ३ अंक बटुलेको छ । योसँगै सुनसरीको प्रतिनिधित्व गरिरहेको धरन फुटबल क्लबको ४ अंक भएको छ । सुनसरीले हिजो बुधबारको खेलमा तेह्रथुमसंग बराबरी खेल्दै १ अंक प्राप्त गरेको थियो ।

खेलमा पहिलो हाफ दुबै टिमले गोलरहित खेलेपनि दोस्रो हाफको ५४ औं मिनेटमा अभिनाश तामाङले गोल गदै सुनसरीलाई अग्रता दिलाएका थिए । उनी नै म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ थापे । यस्तै, खेलको ७४ औं मिनेटमा सुनसरीका मिलन लिम्बुले गोल गदै टिमलाई अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा सुनसरीका उमेश राईले निर्णायक गोल गदै संखुवासभालाई अंक बिहिन बनायो । संखुवासभाले गोल गर्ने धेरै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा सुनसरीसंग हात व्यहोर्नु पर्यो ।

S9040016

यस्तै, बिहिबार नै भएको दोस्रो खेलमा धनकुटाको बौद्धिक विकास समितिले भोजपुरको कोदार फुटबल क्लवलाई ४–१ गोल अन्तरले हराउदै ३ अंक प्राप्त गरेको छ । धनकुटाले पनि कुल ४ अंक बनाएको छ । धनकुटाले पनि बुधबार तेह्रथुमसंग बराबरी खेल्दै १ अंक बटुलेको थियो । जितका लागि धनकुटाले खेलको दोस्रो हाफमा दोस्रो हाफको ३१ औं र ३४ औं मिनेटमा अविनाश राईले व्याक्तिगत २ गाले गदै धनकुटालाई अग्रता दिलाए । खेलको म्यान अफ दि म्याच पनि उनी नै घोषित हुँदै नगद ५ हजार रुपैयाँ थापे । यस्तै, खेलको दोस्रो हाफमा नै धनकुटाका सञ्जय रम्तेल दोस्रो हाफको ४० औं मिनेटमा र ४२ औं मिनेटमा दिवश लिम्बूले एक–एक गोल गदै टिमलाई ३ अंक जोड्न सफल भए । यता भोजपुरले पहिलो हाफको ८ औ मिनेटमा विजय भुजेलले सानत्वना गोल गरेका थिए । भोलीको खेल तेह्रथुम र संखुवासभाबीच हुने एन्फाले जनाएको छ ।