काठमाडौं : सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ ।

भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।

अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ र्पुयाइएको छ । यो दुई वर्ष अघिको डिपिआरको तुलनामा ५६ प्रतिशतभन्दा बढी हो ।

पूर्वाधारबारे जानकारी राख्ने सरकारी अधिकारीहरु आयोजनाको लागत एकैचोटि ५६ प्रतिशतले बढाइनुमा चलखेल भएको आशंका गर्छन् । भारतीय कम्पनीले भन्दा कोरियन कम्पनीले डिपिआर बनाउने रकम काम लिएको देखाउने तर आयोजनाको लागत ५६ प्रतिशतले बढाउने कार्यलाई शंकाको दृष्टिले हेर्नुपर्ने उनीहरुको भनाइ छ । –नागरिक दैनिकबाट