इटहरी : तालिम लिने वित्तिकै ज्याला बढेपछि डकर्मीहरु खुशी भएका छन् ।

इटहरी उपमहानगरको सहयोगमा पाथीभरा हिमालयन पोलिटेक्निक इन्स्च्यिूटले आयोजना गरेको डकर्मी तालिम नसकिदै सहभागिको ज्याला बढेको छ । १५ दिने तालिम लिएका मुसहर र मुस्लिम समूदायका १२ जना डकर्मीले यसअघि दैनिक पाँचसय ज्याला पाउँदै आएकोमा तालिम नसकिदै आठ सय दिने भन्दै ठेकेदारहरु आउन थालेको तालिमको समापनमा बताएका छन् ।

तालिमको हरी श्रेष्ठले सहजिकरण गरेका थिए । भूकम्पीय दृश्टिले सुरक्षित घर निर्माण गर्ने दक्ष जनशक्ति उत्पादनका लागि यो तालिम गरिएको इन्च्यिूटका प्रमुख कृष्ण शाहले बताए । तालिमको समापनमा इटहरी उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले तालिममा शिकेको शीप ब्यवहारमा उतारेर शुरक्षित इटहरी निर्माणको अभियानमा सरिग हुन तालिम प्राप्त डकर्मीहरुलाई आग्रह गरिन् ।