धनुषा : महोत्तरीको भंगहा नगरपालिकाले दलित समुदायका छात्रालाईे साइकल वितरण गरेको छ ।

नगरभित्र रहेका विभिन्न विद्यालयका कक्षा १०,११ र १२ मा अध्ययनरत्त दलित समुदायका छात्रालाई साइकल वितरण गरिएको हो ।

शुक्रबार एक समारोबीच भंगहा नगरपालिकाका नगरप्रमुख संजिव साहको अध्यक्षता तथा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य एवं पूर्व रक्षामन्त्री सरतसिंह भण्डारीको प्रमुख आतिथ्य एवं प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलको विशिष्ट अतिथ्यमा साइकल वितरण गरिएको हो ।
सो अवसरमा राजपा अध्यक्ष मण्डलका सदस्य भण्डारीले महिला शिक्षित भए मात्र समाज एवं देश सम्मुनत हुन सक्ने बताए ।

पितृसतात्मक समाजमा पहिलादेखि नै महिलालाई दबाउन कमजोरको उपमा दिएकोले अव त्यो परम्परालाई तोड्न महिलाहरु शिक्षित भएर हरेक क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको भण्डारीको भनाई थियो ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री सोनलले प्रदेश महिलाप्रतिको हुँदै आएको विभेद र हिंसालाई न्युनिकरण गर्न सकरात्मक परिवर्तणको प्रदेश २ सरकारले ‘बेटी पढउन, बेटी बचाउ’ अभियान ल्याएको बताए ।

यस्तै नगरप्रमुख साहले भंगहा सबभन्दा बढी दलित समुदाय भएको नगरपालिका र ती समुदाय आर्थिक रुपले समेत विपन्न भएकाले ती समुदायका छोरीहरुलाई शिक्षा तर्फ आकर्षित गर्न साईकल वितरण गरेको बताए ।
अगामी आर्थिक वर्षमा कक्षा ८ र ९ का समेत दलित एवं विपन्नका समुदायका छोरीहरुलाई साईकल प्रदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा दलित समूदायका ४१ छात्रालाइ साइकल वितरण गरिएको थियो ।