काठमाडौँ: आज काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरलाई केन्द्रबिन्दु बनाएको भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको थियो । काठमाडौंमा वर्षा भइरहेका बेला भूकम्पको धक्का गएको हो। धक्काले उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए।

earthquick