काठमाण्डौ : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ ।

बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम लगायत १४ वटा एजेण्डा माथि छलफल गरिने भएको छ ।

आइतवार साँझ ढिलो गरी शुरु भएको बैठक अब २७ गते बस्ने भएको छ । हिजो अपरान्ह दुई बजे बोलाइएको बैठक पदाधिकारी बीच सहमति नहँुदा साँझ सात बजे मात्र शुरु भएको थियो । बैठकमा पार्टीको १४ औं महाधिवेशनको मिति तय गर्ने बारे पदाधिकारी बीच विवाद रहेको छ ।

यो केन्द्रिय कार्यसमितिको चारवर्षे अवधि आउँदो फागुनमा सकिदैछ । विशेष परिस्थिति भन्दै एकवर्ष म्याद थप्न पाउने कांग्रेस विधानमै उल्लेख छ भने संविधानअनुसार कम्तिमा साढे पाँचवर्ष भित्र अधिवेशन गरिसक्नुपर्ने उल्लेख छ ।