धरान: फुटबल र ब्याडमिन्टन खेल्न मन पराउने वैभव कुँवर धरानमा स्थापित हुँदै गरेको बास्केटबल खेलसँग जोडिन पुगे । बास्केटबलमा छोरा कसरी जोडिन पुग्यो बुबा वैजु कुँवर योगीलाई त्यति धेरै सम्झना छैन । परिवारका सबैभन्दा कान्छा सन्तानकोे रुपमा जन्मिएका वैभव कुँवरले घरमा केही वर्षअगाडि यति चै भनेको थिए, ‘बाबा, अब म बास्केटबल खेल्छु । मलाई बास्केटबल राम्रो लाग्यो ।’

बास्केटबल खेल्न थालेको करिब ३ वर्षभित्रैमा वैभव योगीको खेल यात्रा अन्तराष्ट्रिय स्तरमा पुग्यो । जुँगाको रेखी पनि नबसेको वैभव कुँवर यो बेला बङ्गलादेशमा भइरहेको सोहृ वर्षमुनिको यु 16 तेस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियन लिगमा नेपालको जर्सीमा छन् । प्रहरी सेवामा कार्यरत प्रहरी नायव निरिक्षक (एस आई)वैजु कुँवर योगी सम्झन्छन्,‘प्रहरी दिवशको दिन कोशी अञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगितामा तेस्रो भएर आपूmले पाएको मेडल घरमा देखाएपछि छोराले मेडल ओल्टाइपल्टाइ हेरेका थिए । बुबा वैजु कुँवर योगी भन्छन्–‘सायद त्यही बेलादेखि उनमा खेलप्रतिको भावना जागेको थियो ।’

त्यसपछिका दिनहरुमा पढाईसँगै वैभव कुँवरले विशेषगरि फुटबलका विभिन्न प्रतिस्पर्धामा मेडल ल्याउन थालेका थिए । तर जति बेला धरानमा विद्यालय स्तरको आधिकारिक बास्केटबल प्रतिस्पर्धा मेयर कपमा उनले भाग लिए, त्यसपछि भने बास्केटबलको मोहमा उनी तानिए । बास्केटबल खेलप्रति उनको लगाव, उचाई र अनुशासन देखेर बास्केटबल प्रशिक्षक विकास चाम्लिङले पनि निकै वैभवमा बास्केटबलको सम्भावना देखे । प्रशिक्षक विकास चाम्लिङकाअनुसार वैभवमा खेलप्रतिको लगाव र अनुशासन छ । तर, अझै खेलभित्र हुनु पर्ने गति र स्ट्रङनेस सुधार्नु आवश्यक छ ।

bhaibav1

बास्केटबल खेलमा व्यस्त वैभवले एसईई परीक्षाको नतिजा पनि बङ्गादेशमा नै सुने । अहिले वैभव बङ्गादेशमा भएको प्रतियोगिता खेलेर फर्किसकेका छन् । नेपाल प्रतियोगितामा चौथो भयो । वैभवको खेल कौशललाई हेरेर केही कलेजहरुले पूर्ण छात्रवृत्रीमा पढाइदिने प्रस्तावसहित एसआई साप वैजु कुँवर योगीलाई तारन्तार फोन गरिरहेका छन् । कलेजबाट आएको प्रस्तावले मनमा एकप्रकारको खुशी छाएको बताउने एसआई साप वैजु कुँवर योगी भन्छन्,‘पढाई र खेलकुदको उचित वातावरण हामी अभिभावकले नै मिलाइ दिनुपर्छ ।’

वि.सं.२०५९ फागुन २१ गते जन्मिएका वैभव कुँवर परिवारका ४ सन्तानमध्ये सबैभन्दा कान्छा छोरा हुन् । वैजु कुँवर योगी र आमा मञ्जु श्रेष्ठको कोखबाट जन्मिएका वैभवले बास्केटबल खेलमा क्षमता प्रदर्शन गरेका कारण सम्मानका हकदार छन् । त्यसैले बाल मैत्री वडा घोषणाको अवसरमा वैभवलाई वडा समितिको तर्फबाट सम्मान गरिएको हो । (बंगलादेशबाट फर्कने क्रममा भएकोले बैभवको सम्मान उनका बुबाले ग्रहण गरेका थिए ।)
IMG_9562