एजेन्सी – घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३(१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल र एक असिस्ट गर्नुका साथै दोस्रो हाफमा रातो कार्ड खाए ।

खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो । फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।

दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । जेससले कार्ड खाएर मैदान बाहिरिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० को मोनिटरलाई धकेलेका थिए । तर रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे । ब्राजिलको यो समग्रमा नवौं कोपा अमेरिका उपाधि हो । ब्राजिलले प्रतियोगिता आयोजना गरेको हरेक पटक उपाधि जितेको इतिहास रहेको छ ।

व्यक्तिगत अवार्डमा पनि ब्राजिलको बर्चश्व

Everton_Allisson_Alves

प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो । फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो । यससँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको पुरस्कारमा पनि वर्चस्व जमाएको छ ।

उत्कृष्ट खेलाडी : ड्यानी आल्भेस (ब्राजिल)
गोल्डेन ग्लोभ्स (उत्कृष्ट गोलरक्षक) : एलिसन बेकर (ब्राजिल)
उत्कृष्ट युवा खेलाडी : एभरटन सोआएस (ब्राजिल)
सर्वाधिक गोलकर्ता : एभरटन सोआरेस (ब्राजिल) र पाउलो गुरेरो (पेरु) – ३ गोल