धरान:नेपाल विद्युत प्राधिकरण, वितरण शाखा धरानले विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरेको छ ।

विद्युत वितरणमा सहज तथा सबैको पहुँच पुर्याउने उद्देश्यले मिटर निःशुल्क वितरण गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले धरान १४ स्थित अतिविपन्न परिवारलाई वितरण गरेको हो । अतिविपन्न परिवारका २८ घरमा मिटर वितरण गरिएको प्राधिकरणका धरान शाखा प्रमुख दिपक सापकाटाले जानकारी दिए । मिटर जडान नभएको घरमा हुकिङ गरेर विजुली चोर्ने गरिएको कारण न्युनीकरणको लागि मिटर वितरण गरिएको उनले बताए ।

पहिलो चरण अन्तर्गत धरान १४ मा मिटर वितरण गरिएको हो । वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले विजुली चुहावट रोक्ने लक्ष्यका साथै विजुलीबाट बञ्चित परिवारलाई राहत दिलाउन वितरण गरिएको बताए । मिटर वितरण मात्र नभै जडानलाई पनि निरन्तरता दिइएको उनले बताए । मिटर वितरण कार्यक्रममा प्राधिकरणका इन्जिनियर दुर्गानन्द चौधरी, प्रशासन प्रमुख नगेन्द्र, श्रेष्ठ, वितरण प्रमुख सञ्जय चौधरीको उपस्थित थिए ।