ओखलढुंगा : ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मी्स्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।