भोजपुर: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान भएको छ ।

आज बुधबार बिहान करिब करिब ९ बजेतिर भएको गोली हानाहानमा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक प्रहरी र एक विप्लव कार्यकर्ता छन् । भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएका थिए । गोली लागेर प्रहरी जवान सन्जिव राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीको जवाफी कारबाहीमा विप्लवका निर कुमार राईको मृत्यु भएको छ । उनी ओखलढुंगा इन्चार्ज भएको बताइएका छ । घटनास्थलबाट प्रहरीले लोडेड पेस्तोल र गोली बरामद गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।