ओखलढुंगा : ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ सिद्दीचरण राजमार्ग डडुवा डाँडास्थितमा बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ३ बजे अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो । झापाको काकडभिट्टाबाट सोलुतर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको मातृभाग्यरेखा प्रालिको नाईट बस आज बिहान साढे ३ बजे आफै अनियन्त्रित भई सडकबाट खसेको थियो । प्रहरीका अनुसार २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा जनाएको छ ।

दुर्घटना हुँदा बसमा सवार २० जना मध्ये झापा पथरियाका ४५ बर्षिय कृष्ण बहादुर बस्नेत(चालक), सोलु दुधकुण्डकी ५२ बर्षिया माया थापा र सिन्धुली कमलामाईका ३५ बर्षिय लाल बहादुर धामिको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट घाईते भएका ५ जनालाई उपचारको लागि काठमाण्डौ पठाईएको छ भने अन्यको ओखलढुंगा र उदयपुरको स्थानिय मेडिकलमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।