धरान : सीमा नाकामा भारतीय फलफुल तथा तरकारीजन्य बस्तुको विषादी परीक्षण गरेर मात्र भित्रिन दिने निर्णय सरकारले फिर्ता लिएको भन्दै नेपाली कांग्रेस धरान उपमहानगर समितिले विरोध प्रर्दशन गरेको छ ।

कांग्रेसले बुधबार सरकारको कडा आलोचना गदै विरोध प्रदर्शन गरेको हो । छाताचोकदेखि भानुचोकसम्म कांग्रेसले विरोध ¥याली निकालेको थियो । गोलभेडा, बैगुन, सिमीलगायतका हरियो तरकारीको माला तथा प्ले कार्डसहित कांग्रेस जिल्ला तथा नगरका नेता तथा कार्यकर्ताहरु ¥यालीमा सहभागी भएका थिए । भानुचोकको लोकतान्त्रिक चौतारीमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गदै नेपाली कांग्रेस सुनसरी सचिव एबंम प्रबक्ता सुजेन्द्र गोले तामाङले ओली नेतृत्वको सरकारले निर्णय फिर्ता लिएर नेपाली जनतालाई विष खुवाउन बाध्य पारेको आरोप लगाए । उनले भारतीय राजदुताबासको पत्रले नेपाली जनताले फेरि विषादीयूक्त बस्तु खान बाध्य पारिएको भन्दै सरकारको लाचारीपनले सिमा नाघेको टिप्पणी गरे । ‘सरकारले विषादी परिक्षण नगरी फलफुल तथा तरकारीजन्य बस्तु नेपाल भित्रिने छैन भन्यो, तर, सरकारले निर्णय गरेको २४ घण्टा नवित्दै भारतीय राजदुतावासको एउटा पत्रले फेरी नेपाली जनताले विष खान बाध्य पारियो,’तामाङले भने,‘खुल्मखुल्ला त्यस्ता बस्तु नेपाल भित्रीरहेको सरकार मुख दर्शक भएर टुलुटुलु हेरिरहेको छ, यो नेपाली जनतालाई मान्य हुदैन ।’

नेपाली जनतालाई विष खुवाउने सरकारको भण्डाफोर गर्नको लागि नेपाली कांग्रेस सडकमा उत्रिएको बताउदै यसकाविरुद्ध कांग्रेस अलिकति पनि विचलित नभई जनताको पक्षमा उभिने दाबी गरे । ‘नेपाली जनतालाई विष खुवाउने सरकारको भण्डाफोर गर्न नेपाली कांग्रेस सडकमा आएको हो,’उनले भने,‘जवजव नेपाली जनतामाथी अन्याय हुन्छ त्यसमा सधै नेपाली कांग्रेस जनताको पक्षमा उभिन तयार हुन्छ ।’

उनले विषादी परिक्षण नगरि धरान भित्रीने तरकारीजन्य बस्तुलाई सबैले बहिस्कार गर्नुपर्ने बताए । ‘विषादी परिक्षण नगरी भित्रीएको तरकारी हामीले बहिस्कार गर्नुपर्छ,’उनले भने,‘अब नेपाली कांग्रेसले यसको नेतृत्व गर्छ, यसमा सबैले साथ दिनुपर्छ, किनकी यो हाम्रो सवास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय हो ।’ नेपाली कांग्रेस धरान नगर सभापति तिलक राईले भारतीय दवावमा निर्णय फिर्ता लिएर ओली नेतृत्वको सरकारले लाचारीपन देखाएको टिप्पणी गरे ।

congress-dhran

उनले नक्कली राष्ट्रवाद देखाएर ओली नेतृत्वको नेकपा सत्तामा पुगेको आरोप लगाउदै ओलीको नक्कली राष्ट्रवाट उदांगो भएको बताए । उनले प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलको बैठगमा भारतले कुनै पनि प्रकारको चिठी नलेखेको भन्ने शब्द उल्लेख गर्नु अर्थपुर्ण रहेको दाबी गरे । ‘चोरको खुटा काट भने जस्तो, प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको संसदीय दलको बैठगमा भारतले कुनै पनि प्रकारको चिठी लेखेको छैन भन्नु भएको छ, त्यो सञ्चार माध्यममा आएको छ,’सभापति राईले भने,‘प्रधानमन्त्री ओलीले बैठगमा किन त्यसरी भन्नुपर्यो ।’ त्यसैले वर्तमान सरकारका आफ्नो निर्णबाट हटेको बताए । काकडीभिटा र जोगवनी नाकाबाट खुल्लाम खुल्ला विषादी युक्त तरकारी जन्य बस्तु भित्रीएको बताउदै अरुबेला सामान्य चेकजाँच हुदै आएको बस्तु समेत चकजाँच गर्न छाडिएको उनले बताए ।

अर्काे प्रसंगमा उनले मनसुन शुरु भएपछि धरान उपमहानगरपालिकाले खानेपानी संस्थानलाई जबरजस्ती बोर्डमा ल्याउने चेष्टा गरिरहेको बताए । उनले मनसुनको समयमा प्राकृतिक पानी प्रसस्त आउने भएकोले उपमहानगर यही मौका छोपेर सम्झौता अनुसार पानी देखाउने दाउमा रहेको बताउदै यो कार्य कदापी गर्न नदिने बताए । ‘धरान उपमहानगरपालिकाले खानेपानी संस्थानलाई बोर्डमा जबरजस्ती ल्याएर बोर्डमा ल्याएपछि हामीले वालछेल पानी दियौ भन्नको लागि प्रमाणीत गर्न खोजिरहेको छ,’उनले भने,‘यो काम अस्ति चैत्रमा गर्नुपर्ने थियो, अहिले मनसुन शुरु भएपछि किन गर्नुपर्यो ?’ उपमहानगरका केही प्राविधिक र कर्मचारीको सुझाबमा उपमहानगर यो काम गनृ उधत भएको आफुहरुले थाहा पाएको बताउदै यसमा कुनै पनि हालतमा नेपाली कांग्रेसले नछाड्ने चेतावनी दिए ।

‘मनसुनमा प्राकृतिक पानी प्रसस्तै हुन्छ हो यही मौकामा उपमहानगरका केही प्राविधिक र कर्मचारीको सललाह सुझाबमा एक दुई दिनभित्र गर्न भन्ने नेपाली कांग्रेसले सुन्दै अएको छ’ उनले भने ‘यो काम कुनै पनि हालतमा हुन दिदेनौं ।’ कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य निलु गिरी थापा र क्षेत्रीय सचिब मुरारी भट्टराईले पनि चुनावताका ठुला–ठुला भाषण गरेपनि अहिले आएर जनतालाई नेकपाको सरकारले दुःख दिएको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सचिब श्याम पोख्रेल, सह सचिब यूवराज शंकरलगायतको सहभागीता रहेको थियो ।