चितवन :आँप बोकेर आएको भारतीय ट्रक नारायणगढ क्षेत्रपुरमा तोडफोड भएको छ ।

महानगर फलफूल तथा तरकारी बजारमा आज बिहानै आँप बोकेको भारतीय ट्रक तोडफोड भएको हो । आज बिहानै करिब सवा तीन बजे ट्रकमा तोडफोड भएको बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए । चार टन आँप बोकेर आएको ट्रकको अगाडिको शिशा फुटेको छ ।

स्कुटरमा चढेर आएका युवाहरुले तोडफोड गरेको बताइएको छ । उनीहरुले पानीको बोतलमा पेट्रोल पनि बोकेर आएका थिए । ट्रकमा पेट्रोल छर्केर ती युवाहरुले आगो पनि लगाउन खोजेका थिए । तर, सलाई नबलेको कारण सफल भएनन् । यो सिजनमा भारतबाट आँप र अनार आउने गर्छ ।