ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “घर खाली गर्न महानगरको पत्र” शीर्षकको समाचार छापिएको छ । विराटनगर १ भट्टाचौकदेखि पूर्व परोपकार जाने बाटोमा विगत ४० वर्षदेखि सुकुम्बासिहरु बसोबास गर्दै आएका छन् । उक्त स्थानमा ७० घरमा करिब ४९ जना सुकुम्बासीहरु बसोबास गर्दै आएका छन् । उनीहरुले सुकुम्बासी समस्या समाधान आयोगबाट सुकुम्बासी परिचयपत्र पनि प्राप्त गरेका छन् । तर, सुकुम्बासी समस्या समाधान नगरी विराटनगर महानगरपालिकाले ७ घर परिवारलाई हटाउन लागेको भन्दै उनीहरुले उचित व्यवस्थापन गरिदिन सरोकारवालाहरुसँग हारगुहार गर्दै आएका छन् । ७ घर सुकुम्बासीहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई महानगरपालिकाले उचित रुपमा व्यवस्थापन गरेर मात्र हटाउन माग गरेका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “हत्या आरोपमा तीन वडाध्यक्ष” शीर्षकको समाचार छापिएको छ । तीन जना वडाध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएको छ । विराटनगरमा तीन जना वडा अध्यक्षहरुको उपस्थितिमा कुटिएका उनको तीन साचादेखि उपचार हुँदै आएको थियो । कुटपिटबाट घाइते भएका विराटनगर १४ जतुवाका समानन्द यादवलाई गत ३२ जेठमा एक समूहले कुटपिट गरेको थियो । उनको कोशी अञ्चल अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । यादवलाई कुटपिट गर्नेमा आरोप लागेका तीनैजना वडाध्यक्ष विरुद्ध हत्या आरोपमा मुद्दा चलेको भएपनि उनीहरु पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले आरोपितहरुलाई नियन्त्रणमा लिइने बताए ।

औजार : आजको औजार दैनिकमा “नेकपाद्वारा खर्च विवरणको अध्ययन सुरु” शीर्षकको समाचार छापिएको छ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको चौथो नगरसभा अझैसम्म हुन सकेको छैन । असार १० गते गरिसक्नुपर्ने नगरसभा इनरुवा नगरपालिकामा नेपाली कांग्रेस र नेकपाका जनप्रतिनिधिहरु विभाजित भएपछि अन्यौलमा परेको हो । दुई हप्ता यता नगरसभाको प्रयास जारी रहेको भएपनि अझै पनि नगरसभा बस्ने विषयमा निष्कर्षमा पुग्न नसकिएको इनरुवा नगर प्रमुख राजन मेहताले बताए । नगरसभामा नआएको नेकपाका निर्वाचित जनप्रतिनिधिहरुको खर्च विवरण मागेकोले सो पनि दिदाँ वातावरण निर्माण गरेकाले सभ ागर्न समस्या भएको बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “कांग्रेसमा शुल्क बढ्यो नयाँ कृयाशिल ५ सय” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसले मन्त्रीदेखि वडा तहका नेता कृयाशील सदस्यहरुबाट समेत लेबी उठाउने भएको छ । संघीय संरचना अनुसार बनेको नयाँ विधानमा कांग्रेसको नयाँ कृयाशील सदस्यता ५ रुपैयाँ तोकिएको छ । कृयाशील सदस्यता नवीकरण शुल्क ३ सय ६५ रुपैयाँ तोकिएको छ । यसअघि नवीकरण शुल्क १ सय रुपैया थियो । विधान अनुसार केन्द्रदेखि वडासम्म आठ तह छन् । अन्तरिम संरचना अनुसार कांग्रेसले भदौदेखि पुषभित्रमा यष्ी संरचना तयार पार्ने बताएको छ । नियमावली संशोधन मरुयौदा समितिका संयोजक, केन्द्रीय सदस्य रमेश लेखकले लेबी उठाउने प्रश्ताब छलफलका लागि केन्द्रीय समिति वैठकमा पेश गरिसकेका छन् ।