धरान: केही दिनदेखि निरन्तरको बर्षाले प्रदेश नं १ को राजधानी विराटनगर डुबानमा छ । डुबानकै कारण हिजोदेखि विराटनगरको शहिद रंगशालामा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल चरणका खेलहरु आजदेखि धरानमा हुने गरी सारिएको छ ।

बर्षाले रंगशाला मात्र डुबानमा परेको होइन, यतिबेला प्रदेश राजधानी विराटनगर पुरै डुबानमा छ । जनताले सास्ती भोग्नुपरिरहेको छ । सडक जलमग्न भएको छ । घरभित्र पानी पानी छ । प्रदेशको मुख्य प्रशासनिक केन्द्रहरुसमेत डुबानको चपेटामा छ । प्रदेशको मुख्य थलो प्रदेशसभा भवन पुग्ने सडक मात्र जलमग्न छ भने प्रदेशसभा भित्र पनि पानी पसेर विजोग अवस्था छ । पानी पर्यो कि डुबान भइहाल्छ, मोटर लगाएर पानी तानेर प्रदेशसभाभित्रको पानी बाहिर फाल्नु परिरहेको छ, प्रदेशसभा स्रोतले भन्यो ।

pradesh-sava-hall

बर्षामा डुबान हुने, असाध्यै गर्मी र जाडो मौषममा पनि असाध्यै चिसो हुने भएकोले विराटनगरबाहेकका आमजनता मात्र होइन, सांसदहरुले पनि विराटनगरलाई प्रदेश राजधानी बनाउन नहुने आवाज उठाउदै आएका थिए । तर, उनीहरुको आवाजको सुनुवाई भएन । प्रदेशको राजधानी तोक्ने बिषयमा मतदान भएको भए विराटनगरबाट राजधानी अन्यत्र सर्ने निश्चित थियो । तर, राजनैतिक पहँुच र दबाबले मतदान गरिएन । पार्टीहरुले पनि ह्विप जारी गरेर विराटनगर मतदान गर्न बाध्य बनाएको थियो ।

तस्बिर स्रोत:फेसबुक

rangashala7 brt brtngr pradesh-sava-road