धरान: मुख्यमन्त्री कप प्रदेश लिगअन्र्तगत आज शुक्रबार भएको समुह ख अन्र्तगतको दोस्रो खेलमा झापाको सैनिक युथ क्लब विजयी भएको छ ।

विपी प्रतिष्ठानस्थित १ नं मैदानमा भएको खेलमा सैनिक युथले खोटाङको बाक्सिला फुटबल क्लबलाई ६–३ गोल अन्तरले पराजित गरी महत्वपूर्ण ३ अंक बटुलेको छ । खेलमा खोटाङले अग्रता लिए पनि सम्हालिन नसक्दा हार व्यहोरेको थियो । खोटाङले दोस्रो मिनेटमा नै श्रीकृष्ण श्रेष्ठको गोल मार्फत् अग्रता लिएको थियो । उसले ३२ औ मिनेटमा अग्रता दोब्बर बनायो । खेटाङका लागी ३२ औं मिनेटमा सुदिप केसीले गोल गरे ।

IMG_9695

त्यसपछि झापाको तर्फबाट ४३ औं मिनेटमा मिलन राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि पुन खोटाङका तर्फबाट ५३ औं मिनेटमा शैलेन्द्र बजीमयले गोल गर्दै ३–१ को स्थितिमा पु¥याएका थिए । त्यसपछि झापाले एक पछि अर्काे गोल गर्दै खेललाई ६–३ को जित हात पा¥यो ।

झापाका लागी कप्तान विकेश सुब्बा एक्लैले ४ गोल गरे । उनले खेलको ६२ औ मिनेट, ६६ औं मिनेट ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रि पुरा गरे । झापाका लागी ७६ औं मिनेटमा सौरभ लिम्बूले गोल गरे भने ९४ औं मिनेटमा कप्तान विकेश सुब्बाले गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएको सुब्बाले नगद रु ५ हजार र ट्रफि हात पारे ।