इटहरी :  इटहरीमा बाढीका कारण एकजनाको मृत्यु भएको छ ।

बिहीबार देखि बेपत्ता भएका उदयपुर बस्ने सागर थापाको शनिबार बिहान शब फेला परेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले जानकारी दिए । ‘डुबेको ठाउँ नजिकै पानी घटेपछि शब देखियो,’ खरेलले टेलिफोन सम्पर्कमा कपुरीसँग भने, ‘३३, ३४ बर्षका थापाको घर उदयपुर हो, सिमरबना खोलामा बाढी आएपछि बगाएको थियो ।’

शुक्रबार उद्योग बाणिज्य संघ इटहरीको पहलमा नेपाली सेनाले तीब्र रुपमा खोजी कार्य गरेको भएपनि पत्ता लागेको थिएन । शनिबार बिहान भने पानीको सतह घटेपछि उनको शब पत्ता लागेको प्रहरीले जनाएको छ ।इटहरी ५ मा रहेको अनुपम ग्रील उद्योगमा विगत १८ महिनादेखि हेल्परको रुपमा काम गर्दै आएको ग्रील उद्योगका सञ्चालक सुरेन्द्र कालीकोटेले बताए ।