इनरुवा: सुनसरीको सदरमुकाम इनरुवाको पुर्वपश्चिम राजमार्गमा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

शनिवार बिहान पुर्वपश्चिम राजमार्गमा ट्रकले ठक्कर दिदा भोगेन्द्र घिमिरेको निधन भएको हो । पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा विद्युत प्राधिकरणदेखि उत्तरतर्फ राजमार्ग खण्डको पुर्वतर्फको किनारमा मोटरसाईकल रोकी बसेको अवस्थामा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ३३०९ नम्बरको ट्रकले ठक्कर दिदा घिमिरेको निधन भएको प्रहरीले जनाएको छ । मृतक ४२ बर्षिय घिमिरे बा ५७ प १७२७ नम्बरको मोटरसाइकलमा बसिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको थियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार भोगेन्द्र पूर्व तर्फको सडक पेटीमा मोटरसाइकल रोकेर बसेका थिए । सोही क्रममा नजिकै यात्रु चढाउन रोकेको बसलाई ओभरटेक गर्ने क्रममा हुत्तिएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । घिमिरेको दुर्घटना लगत्तै घटनास्थलमै मृत्यु भएको बताएपनि प्रहरीले भने उपचारको क्रममा मृत्यु भएकोे जनाएको छ । उनको शवलाई पोष्टमार्सटमका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

इनरुवा ६ मधेशा निवासी घिमिरे सकृय युवा नेता थिए । उनको दुई छोरा छोरी छन् । दुर्घटनमा घाइते मोटरसाइकलमा पछाडी सवार इनरुवा ३ का सुनिल सरदारको उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकका चालक गंगाराम सरदार प्रहरीको नियन्त्रणमा छन् ।