इनरुवा: सुनसरीको हरिनगर गाउँपालिकामा सुनसरी खोलाको बाढी गाउँमा पस्दा गाउँपालिको विभिन्न वडा डुबानमा परेको छ ।

हरिनगर गाउँपालिकामा हरेक वर्ष बर्खाको बेला बाढी आउने गर्दछ । गाउँपालिकामा यसवर्ष पनि जनजीवन प्रभावित गर्ने गरि बाढीले सताएको अवस्था छ । यस्तोमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बाढीबाट डुबानमा परेका व्यक्तिहरुलाई उद्धारका लागि सक्रियता देखाउदै गाउँपालिकाबाट राहत तथा उद्धारका लागि उनी खटिएका छन् । गाउँपालिका भरिका सबै पिडित वडाहरुमा अध्यक्ष अन्सारी र उनको टोली पुग्दै आएको छ । उनीसंगै हरेक वडाका अध्यक्षहरुको सक्रियता पनि बढेको छ ।

FB_IMG_1563007809799

गाउँपालिकाको भुटाहा, बसन्तपुर ,घुस्कीमा बाढीको पानी घर घरमा पस्दा स्थानीय वडावासीहरु प्रभावित भएका छन । बाढी प्रभावित व्यक्तिहरुलाइ गाउँपालिकाबाट राहत दिने काम जारिरहेको गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताएको हो । यता बसन्तपुरका स्थानीयवासीहरुले गाउँपालिकाबाट मात्रै राहत दिएको बताए । गाउँपालिकाबाट सय घर परिवारलाई राहत दिएको ५ नम्बर वडा सदस्य अताबुल अन्सारी ले जानकारी दिनुभयो ।

स्थानीयबासीहरुको अनुसार अहिलेसम्म कुनै पनि संघसंस्थाले राहत दिएको छैन । गाउँपालिकाको आयोजनामा राहत तथा उद्दारका काम जारी रहेको अवस्था छ । हरिनगर गाउँपालिकाघमा बाढी आउने थाहा हुदाहुदै पनि समयमा सावधानी तथा योजना नबनाएको भन्दै अध्यक्ष अन्सारीको विरोध पनि सुनिदै आएको छ ।