धरान: मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल चरणमा शनिबार मोरङको बेलबारी फुटबल क्लब र इलामको रेडहर्ष फुटबल क्लब विजयी भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १ नं खेल मैदानमा जारी प्रतियोगितामा शनिबार समुह कअन्र्तगत पहिलो खेलमा बेलबारीले धनकुटाको बौद्धिक विकास सेवा समाजलाई ६–१ गोल अन्तरले पराजित गर्यो । बेलबारीले पहिलो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हात पार्दा धनकुटा भने लगातार दोस्रो खेल पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार धनकुटा धरानसँग पराजित भएको थियो । समुह क मा धरान र बेलबारी दुवैको समान ३ अंक छ । आइतबार धरान र बेलबारी बीच खेल हुनेछ । उक्त खेलको विजेताले समुह विजेता हुदै प्रतियोगिताको फाइनल खेल्नेछ ।

footb

बेलबारीको तर्फबाट खेलको पहिलो मिनेटमा नै किरण लिम्बुले गोल गरेका थिए । पहिलो हाफ १–० ले अघि रहेको बेलबारीले दोस्रो हाफमा थप ५ गोल गरेको थियो । बेलबारीको लागि ४८ औं मिनेटमा भूषण लिम्बु, ६१ औं मिनेटमा विरेन्द्र लिम्बूले गोल गरेका थिए भने सुशन लामाले ६७ औं मिनेटमा र ७३ औं मिनेटमा गोल गरेका थिए । यस्तै, खेलको ७७ औं मिनेटमा भूषण बस्नेतले पनि एक गोल गरे । खेलको थप समयमा धनकुटाका सञ्जय रम्तेलले सान्त्वना गोल गरे । खेलको म्यान अफ द म्याच बेलबारीका सुसन लामा घोषित हुदै नगद ५ हजार र ट्रफि हात पारे ।

शनिबार नै भएको समुह ख अन्र्तगतको खेलमा इलामको रेडहर्ष क्लबले खोटाङको बाक्सिला फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण ३ अंक बटुल्यो । यो हारसँगै बाक्सिला प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार बाक्सिला झापाको सैनिक फुटबल क्लबसँग पराजित भएको थियो । शनिबार इलामको लाग खेलको १३ औं मिनेटमा पासाङ शेर्पाले गोल गरेका थिए भने ९१ औं मिनेटमा विवेक राईले दोस्रो गोल गरेका थिए । खेलको म्यान अफ द म्याच खोटाङका सुदिप केसी घोषित हुदै नगद ५ हजार र ट्रफि हात पारे । समुह ख मा इलाम र झापाको समान ३ अंक छ । आइतबार इलाम र झापाबीच हुने खेलको विजेताले समुह विजेता हुदै फाइनल खेल्नेछ ।

foot