इटहरी : कोशी व्यारेजको ५६ वटै ढोका खुल्ला गरिएको छ ।

सप्तकोसी नदीमा पानीको बहाब बढेपछि सबै ढोका खोलिएको हो । राती १२ बजेपछि मात्र सबै ढोका खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए । उनकाअनुसार विहान ६ बजेको मापन अनुसार पानीको वहाव ३ लाख १६ हजार क्यूसेक भएको भएपनि अहिले पानीको मात्रा घटेको छ । उनले भने, अहिले पानीको बहाब २ लाख ९० हजार ३४० क्यूसेक पुगेको छ । फुँयालका अनुसार पानीको बहाब क्लियर गर्नका लागि सबै ढोका खुल्ला गरिएको हो ।