धरान (डेस्क):निरन्तरको बर्षाले कोशीमा पानीको वहाव उच्च भएपछि हिजो राती कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो । सबै ढोका खोलिए पछि अहिले कोशीको वहाव घट्दै गएको छ ।

कोशी ब्यारेज अधिकारीहरुका अनुसार शनिबार राती पानीको स्तर ३ लाख ९० हजार बढी पुगेको थियो । कोशीमा माटो जमिएको भन्दै शनिबार राती नै ५६ वटा ढोका अस्थायीरुपमा खोलिएको थियो । ब्यारेजका अधिकारीहरुका अनुसार माटो सफा गर्नका लागि ढोका खोलिएको हो । अहिले पानीको स्तर घट्दै गएको छ ।

तस्बिर स्रोत: कोशी ब्यारेज/पत्रकार भैरव आङ्लाको फेसबुक

koshi1 koshi-barage2 koshi-barage1 koshi-barage4 koshi-barage5 koshi-barage6 koshi-barage8 koshi-barage7 koshi-barage9 koshii